राजनितीज्ञ

बलबहादुर राई नेपालका पूर्वमन्त्री तथा प्रजातन्त्रका सेनानी हुन्। उनी १९ पटक कार्यवाहक प्रधानमन्त्री बनेका थिए।

बलबहादुर राई

आवास मन्त्री (२०४८)

श्रम मन्त्री (२०५१)

व्यक्तिगत विवरण

जन्म

वि. सं. १९७७ साल फागुन ६ गते

मौला, ओखलढुंगा जिल्ला

मृत्यु

वि.सं.२०६७ असार २० गते

त्रिवि शिक्षण अस्पताल, काठमाडौं

सुरुवात

बाबु नवलिसंह राई र आमा भवीमाया राईको साँइलो छोराको रूपमा विस १९७७ साल फागुन ६ गते ओखलढुङ्गामा जन्मेका बलबहादुरले १९९५ साल माघ १ गते ओखलढुंगाको विष्णुदल पल्टनमा मिलिसिया पदबाट जागीरे जीवन शुरु गरे। सेनाको कर्णेल या जर्नेल हुने उनको इच्छा थियो, त्यसैले मासिक ४ रूपिया तलबमा जागीर शुरु गरेका थिए। त्यसपछि धनकुटाको श्रीनाथ पल्टनमा भर्ना भए। सेनाको हवल्दार भएको दूई वर्षमा बहिदार भएपछि तेहथुम माल अड्डामा सरुवा भए उनी।

त्यतिबेला भारतमा अंग्रेजविरुद्धको भारत छोडो आन्दोलनले उचाई लिइरहेको थियो। यता उनी सेनामा काम गरिरहेकै थिए, तर सेनामा देखिएको विभेदले युवा बलबहादुरको मनमा बिद्रोहको आगो बल्न थालिसकेको थियो।

राजनीतिक जीवनी

नेपाली कांग्रस पार्टीसँग सम्बन्धित बलबहादुर राईको प्रजातान्त्रिक आन्दोलनको यात्रा ६ दशक भन्दा लामो छ।

भारतमा २००३मा गठन भैसकेको नेपाली राष्ट्रिय कांग्रेसले नेपालमा पठाएका गोप्य पर्चा पढ्न थालेपछि बलबहादुरमा राणाविरोधी भावना आयो र तेह्रथुम मालको बहिदार छाडेर उनी लागे ओखलढुंगातर्फ र त्यहाँ जनक्रान्तिमा सक्रिय भएर लागे।

प्रजातन्त्रपछि वीपी कोइराला र मातृकाप्रसाद कोइरालाबीच विवाद बढेपछि राईले मातृकाको पक्ष लिए र पुर्व ३ नम्बरको कांग्रेस सभापति बने। २०१३ सालमा पार्टी पुनः एक भएपछि २०४५ सालसम्म ३६ वर्षसम्म जिल्ला पार्टी सभापति बने। उनी २०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा ओखलढुंगा क्षेत्रबाट निर्वाचित भई सांसद पनि बने।

२०४६ सालको जनाअन्दोलन घोषणा हुदा चाक्सिबारिमा

२०१७ सालमा राजा महेन्द्रको कदमपछि उनी जेल परे, जेलबाट एकवर्षपछि रिहा भएपछि उनको अंश सर्वस्वहरण भएपछि उनी भारत प्रवासतिर लागे। २०२५ सालमा  आममाफी पाएर फर्केका बलबहादुर २०२९मा फेरि पक्राउ परे। २०३१मा ओखलढुंगा काण्डमा पक्राउ परे, २०४६ सालमा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनाका बेला उनी सिरहा जेलमा थिए। बहुदलीय प्रजातन्त्र स्थापना यताका वर्षमा १९ पटक कार्यवाहक प्रधानमन्त्री हुने अवसर पनि उनैले पाए। २०४८ सालको निर्वाचवपछि बनेको सरकारमा आवासमन्त्री, २०५१को मध्यावधी निर्वाचनपछि बनेको सरकारमा श्रममन्त्री बने।

अरु नेताहरू बुढ्यौली लागेको र नसकिने भन्दै पन्छिइरहेका बेला बुढा बलबहादुर भने आन्दोलनका मोर्चाहरू माअग्रपंक्तिमा देखिन्थे। २०६२/६३को आन्दोलनमा पनि धेरै जुलुसको नेतृत्व उनैले गरे। 

उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकारले १० रुपैयाँको उहाँको तस्बिर अंकित हुलाक टिकट प्रकाशित गरेको छ।

देहान्त

८९ वर्षको उमेरमा २०६७ असार २० गते त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा राईकोमा निधन भयो।

सन्दर्भ सामाग्री

  • बिभिन्न अनलाइन मिडिया
  • विकिपिडिया