माघ १६, २०७५- किरात राई यायोक्खा युकेको सातौं अधिवेशन किरात हाउस् ग्याम्बल् लेनमा ८ सेप्टेम्बर २०१८ शनिवारको दिन भव्यरुपमा सम्पन्न भएको छ।

किरात राई यायोक्खा यूकेका अध्यक्ष पदम बहादुर राईको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको प्रमुख अतिथीमा किरात राई यायोक्खा केन्द्रिय कार्य समिती नेपालका निवर्तमान अध्यक्ष श्रीमती यसोदा राई र बिशेष अतिथिमा किरात राई यायोक्खा केन्द्रिय कार्य समिती नेपालका सदस्य राकेश राई रहनु भएको थियो।

नव निर्वाचित अध्यक्ष श्रीमती कल्पना राई प्रतिबध्दता ब्यक्त गर्नु हुदैं, साथमा निवर्तमान अध्यक्ष पदम बहादुर राई र अन्य निर्वाचित पदाधिकारीहरु।

महासचिव जितेन्द्र साम्पाङ राईले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष मेजर (रिटायर्ड) दिल कुमार राईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष दिवाकर राईले गर्नु भएको थियो भने उप-महासचिव श्रीमती चन्द्रावती राईले कार्यक्रमको सन्चालन गर्नुभएको थियो।

अधिवेशनबाट श्रीमती कल्पना राईको अध्यक्षतामा ३२ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित भएको छ। कार्य समितीको बरिष्ठ उपाध्यक्षमा चन्द्र बहादुर राई उपाध्यक्षहरुमा सुमन चन्द्र राई, मे. योगेश राई, जितेन्द्र राई, मे. रि. भुपजित राई, प्रेम कुमार राई, आशा राई, निलम राई र राज कुमार राई निर्वाचित हुनुभएको छ।

नव निर्वाचित अध्यक्ष श्रीमती कल्पना राई।

त्यसैगरी महासचिव श्रीमती चन्द्रावती राई, उप-महासचिवमा सनवीर राई र श्रीमती प्रमिला लोबुङ राई, सचिवमा मे. रि. दिल कुमार राई र श्रीमती अनिता राई, कोषाध्यक्ष धनराज राई र सह-कोषाध्यक्षमा डा. माहा राई र शाबित्री राई निर्वाचित भएको छ।

कार्यसमितीको अन्य सदस्यहरुमा नरेश मणि राई, सन्ताकला राई, टीकाधन राई, सिङ्ग राज राई, बिनोद राई, संदेश राई, नन्द राज राई, गंगा राज राई, नरेन्द्र कुमार राई, सुकराज राई, बाल कुमार राई, मणि राज राई, दिलिप कुमार राई र मिलन चन्द्र राई निर्वाचित भएका छन्।

किरात राई यायोक्खा केन्द्रिय कार्य समिती नेपालका निवर्तमान अध्यक्ष यसोदा राईले अध्यक्ष मन्डलको अध्यक्षता गर्नु भएको बन्द शत्रमा निर्बाचन मण्डलका संयोजक किरात राई यायोक्खा बेलायतका भूतपूर्व अध्यक्ष तथा सल्लाहकार राम धन राईले नव निर्वाचित कार्य समितीको पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँनु भएको थियो।

नव निर्वाचित अध्यक्ष श्रीमती कल्पना राईले आफुलाई गरिमामय अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गर्नुहुने सबै प्रति हार्दिक धन्यवाद दिदैं वेलायतबासी सबै किरात राईहरुलाई एकताको सुत्रमा बाँधेर अगाडी बढ्ने र यसको लागी सबै सामु सहयोगको लागी अपील गर्नु भयो।