-भोला बिक्रम राई प्रारम्भ एसियाका ठूला देशहरू चीन र भारतको बीचको हिमालय काखमा रहेको नेपालको इतिहास यस क्षेत्रका अन्य देशहरूको भन्दा फरक र बिशिष्ट छ। नेपालदेखि दक्षिणपट्टि रहेका देशहरू विदेशी अधिनमा रहँदा पनि नेपाल स्वतन्त्र राष्ट्रको रूपमा रहिरह्यो । विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा पनि नेपाललाई अत्यन्तै प्राचीन र पवित्र भूमिको रूपमा वर्णन गरिएको छ ।…